एनसेलबारे प्रचण्डलाई ओलीको प्रश्न- व्यापारी चिनेको भन्दैमा बेथिति गर्न मिल्छ ?

ट्रंकलाइन विवादमा उद्योगको लाइन काटेकोमा आपत्ति

आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले प्रधानमन्त्रीले असान्दर्भिक कुराहरु गरेर ध्यान अर्कोतिर मोड्न खोजेको पनि बताए ।

नेपालभ्युज

एनसेलबारे प्रचण्डलाई ओलीको प्रश्न- व्यापारी चिनेको भन्दैमा बेथिति गर्न मिल्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेल प्रकरणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जवाफ फर्काएका छन् ।

केही दिनअघि संसदको राज्य व्यवस्था समितिमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले एनसेलको शेयर खरिद गर्नेहरुलाई आफूसँगै अध्यक्ष ओलीले पनि राम्रोसँग चिन्ने बताएका थिए । त्यसको जवाफ फर्काउँदै ओलीले ‘मलाई चिनेको छ भन्दै बेथिति गर्न नमिल्ने’ बताएका हुन् ।

आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले प्रधानमन्त्रीले असान्दर्भिक कुराहरु गरेर ध्यान अर्कोतिर मोड्न खोजेको पनि बताए ।

‘तपाईँहरुको सरकारले यस्तो बेथिति गरेछ नि भन्दा त्यो बेथिति गर्‍यो भन्ने व्यापारीलाई केपी ओली पनि चिनेको छ नि भन्छन्’, उनी भन्छन्, ‘केपी ओलीले नेपालका ब्यापारी किन चिन्दैन ? चिन्छ नि त । व्यापारी चिन्नु र वेथिति गर्नु एउटै कुरा हो ?’

ओलीले विद्युतको बक्यौता उठाउन उद्योगीहरुको लाइन काटेकोप्रति असन्तुष्टि जनाएका छन् ।

मध्यपहाडी यात्राका उपलब्धिबारे जानकारी गराउने क्रममा उनले सरकारसँग पैसा भएन भनेर बुल्डोजिङ गर्नु राम्रो नभएको बताएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved