संकल्प-यात्राको निष्कर्ष सुनाउँदै ओलीले भने : अहिलेको सरकारबाट निराश जनताले एमालेको नेतृत्व खोजिरहेछन्

यात्राका क्रममा भेटिएका नागरिकहरु अहिलेको सरकारका कामबाट अन्यन्त निराश रहेको र उत्साहका लागि एमालेको नेतृत्वको आश गरिरहेको पाइएको पनि उनले दाबी गरे ।

नेपालभ्युज

संकल्प-यात्राको निष्कर्ष सुनाउँदै ओलीले भने : अहिलेको सरकारबाट निराश जनताले एमालेको नेतृत्व खोजिरहेछन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतामा बढ्दो नैराश्यता कम गर्न आफूहरुको झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्रा सफल भएको दाबी गरेका छन् ।

एमालेले मंसिर १४ गते देखि सुरु गरेको संकल्प यात्राको सन्देशबारे जानकारी दिने उद्देश्यले आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले सरकारको कामबाट निराश भएका नागरिकमा उत्साह भर्न एमालेको उक्त यात्रा सफल भएको दाबी गरेका हुन् ।

यात्राका क्रममा भेटिएका नागरिकहरु अहिलेको सरकारका कामबाट अन्यन्त निराश रहेको र उत्साहका लागि एमालेको नेतृत्वको आश गरिरहेको पाइएको पनि उनले दाबी गरे ।

बैतडीको झुलाघाटदेखि सुरु भएर पुस १ पाँचथरको चिवाभन्ज्याङमा पुगेर सम्पन्न भएको यात्राले समृद्धिको नयाँ खाका कोर्न सहज भएको उनको भनाइ थियो । १८ दिनसम्मको यात्रामा जनताको सहभागिता र उत्साह देखेर आफू एकदमै हौसिएको उनले बताए ।

यात्राबाट विविधतालाई सम्पन्नताका रुपमा लिएर अघि बढ्ने सन्देश पनि प्राप्त भएको उनले बताए । स्वदेशी लगानी र डिजाइनमा निर्माण भएको मध्यपहाडी लोकमार्गमा एमालेले गरेका सत्कर्मबारे जानकारी दिने उद्देश्य पनि पूरा भएको उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved