देश संकटपूर्ण अवस्थामा छ, कांग्रेसले नेतृत्व गर्छ सबै एक हुनु जरुरी छ : देउवा

नेपालभ्युज

देश संकटपूर्ण अवस्थामा छ, कांग्रेसले नेतृत्व गर्छ सबै एक हुनु जरुरी छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश संकटपूर्ण अवस्थामा उभिएकाले सबै शक्ति एक हुनुपर्ने बताएका छन् । शनिबार कांग्रेसको बाग्मती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

‘नेपाललाई समावेशी, समानुपातिक व्यवस्थामा पु¥याउन महत्वपूर्ण भूमिका खेलेका छौं,’ उनले भने, ‘कांग्रेसले यो संकटको बेला नेतृत्वदायी भूमिका खेल्नुपर्ने अवस्था आएको छ ।’

सबै क्षेत्रमा आदिवासी, जनजाति, दलित, अपाङ्ग सबैको प्रतिनिधित्व हुने व्यवस्था भएकाले यो व्यवस्था अत्यन्त महत्वूर्ण रहेको उनले बताए।

उनले अहिले कांग्रेस पहिलो पार्टी भएको भन्दै यसलाई कायम राख्न र कांग्रेसलाई अझ बलियो बनाउनु सबै लाग्नुपर्नेमा जोड दिए ।

उनले कांग्रेसलाई अझै सुदृढ गर्न र यसलाई ग्रास लेभलबाटै पूर्ण रुपमा प्रतिवद्ध गराइ बलियो बनाउन लाग्न पनि नेता कार्यकर्ताहरूलाई आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved