मन्त्रीमण्डल विस्तारको तयारीसँगै लुम्बिनी कांग्रेसमा तनाव, विद्रोहको तयारीमा शेखर पक्ष

शेखर कोइराला–गगन थापा पक्षले मन्त्रिपरिषद्‍मा आफ्नो पक्षलाई नसमेटे काेशीमा जस्तै विद्रोह गर्ने चेतावनीसमेत दिएको छ ।

नेपालभ्युज

मन्त्रीमण्डल विस्तारको तयारीसँगै लुम्बिनी कांग्रेसमा तनाव, विद्रोहको तयारीमा शेखर पक्ष

काठमाडौं । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज मन्त्रीमण्डल विस्तारको तयारी गरेका छन् । यससँगै लुम्बिनी कांग्रेसमा विवाद चुलिएको छ ।

मुख्यमन्त्री चौधरीले नेपाली कांग्रेस र माओवादी केन्द्रबाट एक–एकजना मन्त्री थप्ने तयारी गरेका छन् । जसमा कांग्रेसबाट कसलाई मन्त्री बनाउने भन्नेमा दुई पक्षबीच विवाद बढेको हो ।

कांग्रेस संस्थापन पक्षले प्युठानका रोज राणा भनिने सरोज थापालाई मन्त्रीमा पठाउने तयारी गरेको छ भने शेखर–गगन पक्षले नवलपरासीका विश्वप्रेम पाठकलाई मन्त्री बनाउनुपर्ने अडान राख्दै आएको छ ।

शेखर कोइराला–गगन थापा पक्षले मन्त्रिपरिषद्‍मा आफ्नो पक्षलाई नसमेटे काेशीमा जस्तै विद्रोह गर्ने चेतावनीसमेत दिएको छ ।

माओवादी केन्द्रबाट भने बाँकेकी कृष्णा केसी खानेपानी, ग्रामिण तथा शहरी विकास मन्त्री बन्ने सम्भावना छ ।

यसअघि कोशीमा विद्रोह गरेर शेखर पक्षकले मुख्यमन्त्री हात पारिसकेको छ ।

लुम्बिनीमा तीन वटा मन्त्रालय खाली छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved