यी हुन् युक्रेनमा बन्दी बनाइएका चार नेपाली

नेपालभ्युज

यी हुन् युक्रेनमा बन्दी बनाइएका चार नेपाली

काठमाडौं ।  युक्रेनमा बन्दी बनाइएका चार जना बन्दीका बारेमा सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बर्दिया राजापुर–१ का विवेक खत्री, मण्डनदेउ–६, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, लेटाङ–२, मोरङका विकास राई र रून्तिगढी–८ रोल्पाका प्रतीक पुनलाई युक्रेनमा बन्दी बनाइएको परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

बन्दी बनाइएकाहरुलाई शीघ्र रिहा गरी नेपाल फिर्ता पठाउन युक्रेन सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको परराष्ट्रले बताएको छ ।

मन्त्रालयका अनुसार निजहरुको रिहाइ र नेपाल फिर्तीका लागि अन्तर्राष्ट्रिय कमिटी अफ रेडक्रसलगायत अन्य माध्यमबाट पनि कूटनीतिक प्रयास भइरहेको जनाइएको  छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved