माइतीघरमा लगाइएको निषेधाज्ञा थप दुई महिना लम्बियो

नेपालभ्युज

माइतीघरमा लगाइएको निषेधाज्ञा थप दुई महिना लम्बियो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि बानेश्वरसम्म जारी गरेको निषेधाज्ञालाई थप दुई महिना लम्ब्याएको छ ।

प्रशासन कार्यालयले बुधबार एक सूचना जारी गर्दै माइतीघरदेखि बानेश्वरसम्म लगाइएको निषेधाज्ञा नवीकरण गरेको हो ।

त्यस्तै प्रशासनले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीनिवास आसपास पनि निषेधाज्ञा कायम राखेको छ ।

सुरक्षा संवेदनशीलता र सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved