प्रधानमन्त्रीको ‘रिपोर्ट कार्ड’ माग्दै शेखरले भने- कांग्रेसले सरकारको नेतृत्व गर्न ढिला भइसक्यो

नेपालभ्युज

प्रधानमन्त्रीको ‘रिपोर्ट कार्ड’ माग्दै शेखरले भने- कांग्रेसले सरकारको नेतृत्व गर्न ढिला भइसक्यो

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षका नेतृत्वकर्ता डा शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को रिपोर्ट कार्ड मागेका छन् । प्रधानमन्त्रीले मन्त्रीहरुसँग रिपोर्ट कार्ड मागिरहेका बेला सत्तासाझेदार दल नेपाली कांग्रेसका नेता कोइरालाले प्रधानमन्त्रीकै रिपोर्ट कार्ड मागेका हुन् ।

कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेसले सरकारको नेतृत्व लिन ढिला गर्न नहुने पनि बताए ।

‘प्रधानमन्त्रीले मन्त्रीहरुको रिपोर्ट कार्ड मागिरहेको सुनेको छु’, उनले भने, ‘म त प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागिरहेको छु । देशको प्रधानमन्त्रीले कस्तो काम गर्नुभयो भन्ने कुरा हुन्छ ।’

उनले अहिले गणतन्त्रमाथि देशभर आक्रमण भइरहेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved