ग्लोबल आइएमई बैंकको “भिजा स्क्यान टु पे”: फिजिकल कार्डको प्रयोगबिनै पेमेन्ट गर्न सकिने

नेपालभ्युज

ग्लोबल आइएमई बैंकको “भिजा स्क्यान टु पे”: फिजिकल कार्डको प्रयोगबिनै पेमेन्ट गर्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले “भिजा स्क्यान टु पे” भुक्तानी प्रणालीको सुरुवात गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबिच ग्लोबल आइएमई बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र “भिजा स्क्यान टु पे” भुक्तानी प्रणालीको शुभारम्भ गरेको हो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा।गुणाकर भट्ट, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नेप्सेका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुङ्गानाले क्युआर स्क्यान गरी प्रथम कारोबारसहित उक्त सेवाको संयुक्तरुपमा शुभारम्भ गरेका हुन् ।

उक्त प्रविधिमार्फत बैंकका भिजा कार्डबाहक ग्राहकहरूले अब फिजिकल कार्डको प्रयोग बिना नै ग्लोबल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत कुनै पनि पेमेन्ट गर्न सक्नेछन् ।

भिजा स्क्यान टु पे एउटा कार्ड–देखि–व्यापारी भुक्तानी सेवा हो । जहाँ कार्ड स्वाइप नगरी आफ्नो स्मार्टफोन प्रयोग गरेर भुक्तानी गर्न सकिन्छ । कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका लेनदेन बैंकिङ बिक्री र व्यापारका प्रमुख प्रकाश पौडेलले यो प्रविधि डिजिटल प्रविधिको विकासमा कोशे ढुङ्गा साबित हुने बताए । उनले प्रविधिको विकासका साथसाथै यसको प्रयोग पनि बढ्दै जाने आशा व्यक्त गरे ।

अब ग्लोबल आइएमई बैंकका भिजा कार्डबाहक ग्राहकहरूले अब फिजिकल कार्डको प्रयोग बिना नै ग्लोबल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत कुनै पनि पेमेन्ट गर्न सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved