एनआईसी एशिया र एआई अन्सारी एक्सचेन्जबीच रणनीतिक साझेदारी, युएईबाट सजिलै रकम पठाउन सकिने

नेपालभ्युज

एनआईसी एशिया र एआई अन्सारी एक्सचेन्जबीच रणनीतिक साझेदारी, युएईबाट सजिलै रकम पठाउन सकिने

काठमाडौं । रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका नेपालीहरूले नेपालमा सजिलै रकम पठाउन सक्ने गरी एनआईसी एशिया बैंक र एआई अन्सारी एक्सचेन्जबीच उक्त रणनीतिक साझेदारी सम्पन्न भएको छ ।

समझदारी अनुसार युएईमा आक्रामक बजार बिस्तार गरिरहेको उक्त कम्पनीका २५० भन्दा बढी शाखा कार्यालयहरू तथा डिजिटलबाट नेपालमा रकम पठाउन सहज हुने दुवै साझेदारको विश्वास रहेको छ ।

साझेदारी कार्यान्वयनमा आए पश्चात् अब एआई अन्सारी एक्सचेन्जबाट यस बैंकका साथै नेपालका जुनसुकै बैंकका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिनेछ । भौतिक रूपमा युएईभर तथा वेबसाइट तथा मोबाइल एपबाट डिजिटल रूपमा दरिलो उपस्थिति रहेको उक्त एआई अन्सारी एक्सचेन्ज कम्पनीबाट पठाइएको रकम यस बैंकका ३६० शाखा कार्यालय, १११ विस्तारित काउन्टर, ५५ वटा शाखा रहित बैंकिङ्ग इकाई र १६ हजार भन्दा बढी रेमिटेन्स एजेन्टहरूमार्फत सहजै भुक्तानी लिन सकिनेछ ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६५६ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved