संकल्प यात्राको समापन गर्दै ओलीले भने- देशलाई अलपत्र पर्न दिँदैनौं, एमालेले जिम्मा लिन्छ

नेपालभ्युज

संकल्प यात्राको समापन गर्दै ओलीले भने- देशलाई अलपत्र पर्न दिँदैनौं, एमालेले जिम्मा लिन्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिलाई एमालेले अलपत्र अवस्थामा चल्न नदिने बताएका छन् ।

आइतबार पाँचथरको चिवाभञ्ज्याङमा मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित यात्राको समापन समारोहलाई सम्बोधन गर्दै उनले देशको बिग्रँदो अवस्थालाई सुधारेर जनतालाई आशावादी बनाउन देशको नेतृत्वको जिम्मा एमालेले लिनुपर्ने बताएका हुन् ।

एमालेको अभियानले देशका जनतामा पुनः जागरण सिर्जना गरेको पनि उनको दाबी थियो ।

नेकपा (एमाले) ले झुलाघाटबाट सुरु गरेको समृद्धि सङ्कल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन भएको हो ।

मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा १८ औँ दिनमा मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु पाँचथरको चिवाभञ्ज्याङमा टुङ्गिएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved