धनुषामा तीनजना चढेको मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

नेपालभ्युज

धनुषामा तीनजना चढेको मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौं । धनुषामा तीनजना चढेको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जनकपुरधामबाट ढल्केवर जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मोटरसाइकलमा सवार एक घाइते छन्।

प्रहरीकाअनुसार मृत्यु हुनेमा कमला नगरपालिका–८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका–१ का ३० वर्षीय जयकुमार सहनी रहेका छन्। जनकपुरधाम

उपमहानगरपालिका–१२ का सत्रुधन सहनी गम्भीर घाइते छन्। उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved