नेकपा समाजवादीको सचिवालय बैठक अचानक स्थगित

नेपालभ्युज

नेकपा समाजवादीको सचिवालय बैठक अचानक स्थगित

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक अचानक सारिएको हो । बैठक आगामी पुस ४ गतेलाई बोलाइएको छ ।

सचिवालयका केही सदस्य मुलुक बाहिर रहेकाले बैठक सारिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
संगठन विस्तार तथा पार्टीलाई आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको हो ।

त्यस्तै आसन्न राष्ट्रिय सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेद्वार बन्ने विषय पनि बैठकको एजेण्डा बनाइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved