संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत

नेपालभ्युज

संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ । आज उनको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार स्वीकृत गरेका हुन् ।

गौतमले गएको २४ गते राजीनामा दिएका थिए । उनले कार्यकाल सकिनु ८ महिनाअघि नै राजीनामा दिएका हुन् ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको परामर्शमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई अर्को व्यवस्था नभएसम्मका लागि सङ्घीय संसद्को महासचिवको जिम्मेवारी निर्वाह गर्न तोकेका छन् ।

प्रशासनिक नेतृत्व नहुँदा सङ्घीय संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय कामका साथै लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायत दैनिक काम प्रभाव परेका कारण सभामुखले पाण्डेयलाई अर्काे व्यवस्था नभएसम्मका लागि महासचिवको जिम्मेवारी तोकेको संसद् सचिवालयले जनाएको छ । हरेक वर्ष मङ्सिर २८ गते संसद् दिवस मनाइने गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved