लक्ष्मी सनराइजको लाभांश घोषणा, सेयर धनीले कति पाउलान् ? 

नेपालभ्युज

लक्ष्मी सनराइजको लाभांश घोषणा, सेयर धनीले कति पाउलान् ? 

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयर धनीहरूका लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीले कुल चुक्ता पुँजीको ७.३७ प्रतिशतले हुन आउने १ अर्ब ५१ करोड ६९ लाख १६ हजार ६ सय ५० रुपैयाँ सेयर धनीहरूलाई वितरण गर्ने भएको छ ।

बैंकले शेयरधनीहरुलाई ७ प्रतिशत बोनस वितरण गर्ने भएको छ भने कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved