कोशीमा अवरोध नगर्न एमालेको अपिल

असहमति भए संवादमा आउन आग्रह

नेपालभ्युज

कोशीमा अवरोध नगर्न एमालेको अपिल

काठमाडौं । मध्य पहाडी यात्रामा रहेको नेकपा एमालेले आफ्नो कार्यक्रमलाई अवरोध नगर्न आग्रह गरेको छ । एमालेको टोली कोशी प्रवेश गर्ने क्रममा पहिचान पक्षधरले बन्दका कार्यक्रम राखेपछि एमालेले बन्दका कार्यक्रम नराख्न अपिल गरेको हो ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमालेको अभियानलाई अवरोध पुग्ने गरि कार्यक्रम राखेको भन्दै पार्टीको ध्यानाकर्षण भएको बताएका छन् । गौतमले प्रदेश बन्द, सडक बन्द लगायतका गतिविधि सार्वजनिक गरिएकोमा पार्टीका तर्फबाट बन्दकर्तालाई फिर्ता लिन आग्रह गरेका हुन् ।

नेकपा एमालेको अभियान विकास र समृद्धिका लागि भएकाले यस्ता अभियानमा अवरोध भन्दा पनि सहयोग गर्न गौतमले आग्रह गरे । असहमति भए औपचारिक रुपमा शान्तिपूर्ण रुपमा गुनासा राख्न सकिने भन्दै गौतमले जिम्मेवार बन्नु पर्ने बताए ।

कोशी प्रदेशको नामको सवाल कोशी प्रदेश सभाको आफ्नो सवाल भएकाले त्यस्ता मुद्दालाई औपचारिक रुपमा प्रदेश सभामा उपस्थिति गराएर छलफल गर्ने वातावरण मिलाउनुपर्ने गौतमको भनाई छ ।

नेकपा एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रा आजबाट उदयपुरको घुर्मी हुँदै खोटाङ प्रवेश गर्दैछ ।

एमालेको सभालाई लक्षित गरेर प्रदेश नम्बर १ पुनः नामांकन समितिले मध्यपहाडी लोकमार्ग बन्दको आव्हान गरेको हो । एमालेले संकल्प यात्रा जसरी पनि गर्ने र सङ्घर्ष समितिले अवरोध गर्ने बताएपछि मुठभेडको सम्भावना बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved