खाडिचौर पुगेर ओलीले भने- एमालेले एकल बहुमत नल्याएसम्म देश बन्दैन

नेपालभ्युज

खाडिचौर पुगेर ओलीले भने- एमालेले एकल बहुमत नल्याएसम्म देश बन्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन् ।

सोमबार मध्यपहाडी संकल्प यात्राको क्रममा सिन्धुपाल्चोकको खाडिचौरमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने बताएका हुन् ।

उनले एमालेलाई आन्तरिक र बाह्य शक्तिहरु मिलेर सरकारबाट हटाएर पार्टी फुटाए पनि पार्टीलाई कमजोर पार्ने सपना पूरा नभएको पनि बताए । ‘एमालेलाई आन्तरिक र बाह्य शक्तिहरु मिलेर सरकारबाट हटाए । हाम्रो पार्टी फुटाए । पार्टीलाई कमजोर पार्ने मात्रै होइन धुलो चटाउँछौं र भित्तामा टासिदिन्छौं भने । पार्टी चक्नाचुर हुन्छ भने । तर त्यो उनीहरुको सपना थियो’, उनले भने, ‘एमाले फेरि उठेर देशको लोकप्रिय पार्टी बनेको छ ।’

उनले अब कुनै भ्रम र अन्योलमा नपरी मिसन २०८४ का लागि पार्टी पंक्तिलाई अगाडि बढ्न पनि आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved