विश्वभर लोकप्रिय ‘रेडबुल’ नेपालमै उत्पादन सुरु, उपभोक्ता खुशी

नेपालभ्युज

विश्वभर लोकप्रिय ‘रेडबुल’ नेपालमै उत्पादन सुरु, उपभोक्ता खुशी

काठमाडौं । विश्वभर लोकप्रिय विदेशी ब्रान्ड रेडबुलको उत्पादन नेपालमै सुरु भएको छ । नवलपरासीस्थित गैँडाकोट १७, अमरापुरीमा रहेको उद्योगबाट रेडबुलको उत्पादन भइरहेको छ । बजारमा नेपाली उत्पादन आएपछि उपभोक्तामा खुशी छाएको छ ।

इनर्जी ड्रिंक रेडबुलको उत्पादन सुरु भएको एक साता भएको छ । थाइल्यान्डको टीसीपी ग्रूपले उत्पादन गर्ने रेडबुल नेपालमा व्यापारिक घराना खेतान समूहको सरस बेभरेजले उत्पादन सुरु गरेको हो ।

पूर्वी नवलपरासीको अमरापुरीमा रेडबुलको कारखाना सञ्चालनमा ल्याइएको हो । कारखानाको एक साताअघि समारोहबीच अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेका थिए । अमरापुरी फ्याक्ट्रीले पहिलो चरणमा आन्तरिक बजारको लागि २५० एमएल क्यानमा रेडबुल उत्पादन गरिरहेको छ ।

अन्तर्राष्ट्रिय ब्रान्ड रेडबुल थाइल्यान्ड व्यावसायिक घराना योविध्या परिवारको स्वामित्वमा छ । सन् २०१० देखि नै नेपालमा बिक्री भइरहेको रेडबुल २०१९ मा सरकारले प्रतिबन्ध लगाएको थियो ।

व्यापार घाटा बढिरहेको भन्दै स्वदेशमै उत्पादन प्रोत्साहन गर्न आयात बन्द गरेको थियो । प्रतिबन्धपछि नेपालमै उत्पादन गरेर पुनः बिक्री वितरण गर्न पाएकामा खुसी व्यक्त विदेशी ब्रान्ड रेडबुलले खुशी व्यक्त गरेको छ ।

उनले नेपालका लागि सरस बेभरेजसँग सम्झौता गरेर उद्योग नै स्थापना गरी अघि बढ्न पाउनु गौरवको विषय रहेको बताए ।
रेडबुलको स्थानीय रूपमा नेपालमै उत्पादन ब्रान्डको यात्रामा एउटा महत्त्वपूर्ण कोसेढुंगाको रूपमा रहेको कम्पनीले जनाएको छ ।

प्रतिष्ठित ब्रान्ड रेडबुल उत्पादन गर्ने नेपाल विश्वको चौथो मुलुक बनेको छ । यसअघि थाइल्यान्ड, भियतनाम र चीनमा रेडबुल कारखाना खुलिसकेको छ ।

पूर्वी नवलपरासीस्थित रेडबुल फ्याक्ट्रीमा जर्मन र स्वीस टेक्नोलोजी, स्वचालित उत्पादन प्रविधि, उत्कृष्ट वातावरणीय र सुरक्षा मापदण्ड रहेको कम्पनीको दाबी छ । रेडबुल थाइल्यान्ड व्यावसायिक घराना योविध्या परिवारको स्वामित्वको हो । कम्पनीले विश्वभरका पाँच हजार मानिसलाई रोजगारी दिएको कम्पनीको भनाइ छ ।

टीसीपी ग्रुपका प्रमुख कार्यकारी अधिकृत सरभूत युविध्याले भने, ‘टीसीपी समूहले खाद्य तथा पेय पदार्थ उद्योगलाई नयाँ नयाँ सृजनशील उत्पादन र सेवाहरूका साथ बदलिँदो जीवनशैली, स्वास्थ्य तथा समयअनुसारको आवश्यकता लाई मध्यनजर राख्दै रेडबुलले नयाँ–नयाँ आविष्कारहरूद्वारा विश्वलाई सदैव इनर्जी प्रदान गरिरहनेछ ।’

सरस बेभरेजेका प्रमुख कार्यकारी अधिकृत पवन जगेटियाले अत्याधुनिक अमरापुरी फ्याक्ट्री वातावरणीय दिगोपनप्रति पनि प्रतिबद्ध रहेको बताए । ‘त्यसैले फ्याक्ट्रीको आधा बिजुली वैकल्पिक ऊर्जा स्रोतहरूबाट उत्पादन गर्दैछौं,’ उनले भने ।

रेडबुल इनर्जी ड्रिंक नेपालमा पहिलो पटक सन् २०१० मा आयात गरेर बिक्री गरिएको थियो ।

१० बिघामा फैलिएको उद्योगबाट सुरुवाती चरणमा दैनिक १५ हजार केजी रेडबुल उत्पादन हुनेछ । जर्मन र स्विस प्रविधिबाट उत्पादन हुने रेडबुल हाल नेपाल मात्रै बिक्री गरिने कम्पनीले जनाएको छ ।

उद्योगमा हाल ६० कर्मचारी रहेकामा पूर्ण रूपमा सञ्चालनमा आउँदा एक सयको हाराहारीमा पुग्नेछ । एक वर्षमा ४५ लाख केजी रेडबुल उत्पादन गर्ने कम्पनीले लक्ष्य लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved