एमालेबाहेक कसैले पनि देश बनाउन सक्दैन : ओली

नेपालभ्युज

एमालेबाहेक कसैले पनि देश बनाउन सक्दैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई स्थिर बनाउने काम नेकपा एमालेबाहेक कसैले गर्न नसक्ने बताएका छन् ।

शुक्रबार पार्टीको मध्यपहाडी यात्राअन्तर्गत लमजुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले जति वटा पार्टी मिले पनि देश बनाउने काम एमाले बाहेकका राजनीतिक दलहरुले गर्न नसक्ने दाबी गरेका हुन् ।

राजनीतिलाई स्थिर बनाउने, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, विकास निर्माणलाई अघि बढाउने, अर्थतन्त्र अघि बढाउने, समाजलाई एकताबद्ध बनाउने, समाजमा आशा, भरोसा, उत्साह र विश्वास जगाउने काम नेकपा एमाले बाहेक कसैले गर्न नसक्ने उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved