जसपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न

नेपालभ्युज

जसपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेशस्तरीय तीनदिवसीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

रुपन्देहीको श्रीलंका गेष्टहाउसमा आयोजित प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ्गलगायतका नेता तथा विषय विज्ञहरुले प्रशिक्षण दिए ।

अध्यक्ष यादवले पार्टीको आदर्श, सामाजिक न्याय, सुशासन र समाजवादबारे प्रशिक्षण दिएको पार्टीका लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक यादवले जानकारी दिए । त्यसैगरी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले संघवादका आधारभूत सिद्धान्त र समाजवादको नेपाली बाटोको विषयमा प्रशिक्षण दिए ।

पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङ्गले पार्टीको विधान र विधानले निर्दिष्ट गरेका सिद्धान्तका बारेमा प्रशिक्षण दिए ।

प्रदेश अन्तर्गतका केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय समिति, प्रदेश समिति, पहिचानका राष्ट्रिय समिति, जिल्ला समिति, भ्रातृसंगठनका प्रतिनिधि गरी करिब एक सय पच्चिस जना सहभागी रहेका यादवले जानकारी दिए ।

पार्टीका नेताका साथै डा. पुष्पराज राजकर्णिकार, अर्जुन थापा, मनिकर कार्कीलगायतका विषय विज्ञले पनि प्रशिक्षण दिएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved