निर्वाण चौधरी भन्छन्, ‘एनसेल प्रकरणमा संलग्न पात्रले नै सीजीलाई स्थापित गर्न दिएनन्, अव पटाक्षेप हुन्छ’

नेपालभ्युज

निर्वाण चौधरी भन्छन्, ‘एनसेल प्रकरणमा संलग्न पात्रले नै सीजीलाई स्थापित गर्न दिएनन्, अव पटाक्षेप हुन्छ’

काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एनसेल प्रकरणबारे कडा टिप्पणी गरेका छन् । चौधरीले एनसेलका नाममा अहिले जे भइरहेको सीजी टेलिकम त्यसैका लागि रोकिएको गम्भीर आरोप लगाएका छन् ।

बिहीबार सामाजिक संजालमा उनले यो प्रकरणबाट जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएको समेत बताएका छन् ।

निःशुल्क भ्वाइस र एसएमएस तथा ५० प्रतिशत सस्तोमा डेटा उपलब्ध गराउने वाचा गरेको कम्पनी (सीजी) लाई स्वीकृति नदिएको भन्दै उनले अव यसको पटाक्षेप हुने समेत उल्लेख गरेका छन् ।

एनसेल प्रकरणमा संलग्न पात्रहरुले नै सीजीलाई स्थापित गर्न नदिएको उनको दाबी छ । उनले भनेका छन्, ‘आज जे भएको छ यही गर्नका लागि सीजी टेलिकमलाई यिनीहरु सबै मिलेर रोकेका हुन् ।’

चौधरी लेख्छन्, “सीजी टेलिकमले उपभोक्तालाई भ्वाइस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डेटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्वीकृति दिइएन भन्ने कुराको अब पटाक्षेप हुँदैछ, हेर्दै जाऔँ, अरु के के देख्न पाइने हो । एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन्, जसले १० वर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन् ।”

उनले देशमा अहिले ‘तँ कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको भन्दै व्यङ्ग्य गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved