व्यवसाय गर्न नेपालमा जस्तो अवसर अन्य देशमा छैन: अध्यक्ष ढकाल

नेपालभ्युज

व्यवसाय गर्न नेपालमा जस्तो अवसर अन्य देशमा छैन: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसाय गर्नका लागि नेपालमा जस्तो अवसर अन्य देशमा नभएको बताएका छन् ।मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले लगानीकर्ताको हिसाबले व्यवसायका लागि नेपाल जस्तो सम्भावनाको ठाउँ अन्यत्र नरहेको बताए । कोभिड १९, रुस—युक्रेन युद्धका कारण व्यवसायलाई केही असहजता भए पनि भविष्यका लागि नेपालमा लगानी गर्न महत्त्वपूर्ण र फलदायी हुने उनको भनाई छ ।

नीतिगत कारण र नियमनकारी निकायको समन्वय नहुँदा नेपालमा लगानीको क्षेत्रमा समस्या देखा पर्ने गरेको उनको बुझाई छ । ‘हामी धेरै विकसित देशमा गएका छौँ, नेपालमा जस्तो अपच्र्युनिटी अन्त छ जस्तो मलाई लाग्दैन,’ उनले भने ‘नेपालमा साँच्चै अवसर छ, निजी क्षेत्रको तर्फबाट प्रधानमन्त्री, अर्थमन्त्रीसँग बसेर हामीले यसबारे बलियो आवाज उठाउँदै आएका छौँ ।’

अध्यक्ष ढकालले नेपालमा पर्यटन, कृषि, आइटी र जलविद्युतको क्षेत्रमा ठुलो अवसर रहेको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved