एकीकृत समाजवादीको महाधिवेशन जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने

नेपालभ्युज

एकीकृत समाजवादीको महाधिवेशन जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को महाधिवेशनको नयाँ मिति तय गरिएको छ । पार्टी कार्यालय शान्तिनगरमा आज बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले महाधिवेशनको मिति सारेको हो ।

बैठकले आगामी जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । महाधिवेशन काठमाडौंमा हुने उनले बताए ।

यसअघि पार्टीले माघमा महाधिवेशन गर्ने निधो गरेको थियो । राष्ट्रिय सभा निर्वाचनको बहानामा महाधिवेशनको मिति सारिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved