स्कुल बसको ठक्करबाट दुईको मृत्यु, स्थानीयले बस जलाएपछि लुम्बिनी तनावग्रस्त

नेपालभ्युज

स्कुल बसको ठक्करबाट दुईको मृत्यु, स्थानीयले बस जलाएपछि लुम्बिनी तनावग्रस्त

काठमाडौं । रुपन्देहीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको हो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा शनिबार बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते  १७ वर्षीया अप्सना खातुनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।

घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने बस जलाएका छन् भने अहिले सो क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । अहिले सो क्षेत्र तनावग्रस्त छ । मृतकका आफन्त र स्थानीयले शवलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन्।

घटनापछि बस चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved