नेपालले पाउनुपर्ने क्षतिपूर्तिबारे कोप सम्मेलनमा प्रधानमन्त्रीले आवाज उठाउनुहुन्छ : मल्ल

नेपालभ्युज

नेपालले पाउनुपर्ने क्षतिपूर्तिबारे कोप सम्मेलनमा प्रधानमन्त्रीले आवाज उठाउनुहुन्छ : मल्ल

यूएई । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले दुबईमा जारी कोप सम्मेलनमा नेपालले आफ्ना अधिकारका सवाल दह्रोसँग उठाउने बताएका छन् ।

दुबईमा नेपाल भ्युजसँग कुरा गर्दै मल्लले प्रधानमन्त्री प्रचण्डले कोप सम्मेलनमा भोलि गर्ने सम्बोधनमा कार्बन उत्सर्जनबाट नेपालले भोग्नु परेको समस्या र आफ्नो अधिकारबारे आवाज उठाउने तयारी गरिरहेको जानकारी दिए ।

उनले कार्बन उत्सर्जनबाट भएको जलवायु परिवर्तनबाट नेपालले भोग्नु परेको समस्या र त्यसबापत पाउनुपर्ने क्षतिपूर्ति दाबी गर्नेगरी प्रधानमन्त्री प्रचण्डले तयारी गरेको समेत बताए ।

प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा रहेका मल्लले भने, ‘कार्बन उत्सर्जनमा नेपालको कुनै भूमिका छैन । विकसित देशले गर्ने कार्बन उत्सर्जनबाट नेपाल जस्ता देशले ठूलो समस्या ब्यहोर्नु परिरहेको छ । त्यसबापत नेपालले क्षतिपूर्ति पाउनु पर्दछ भनेर प्रधानमन्त्रीज्यूले कोप सम्मेलनमा दह्रोसँग उठाउने तयारी गरिरहनु भएको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved