‘बैंक अफ दि इयर २०२३’को उपाधि प्रभु बैंकलाई 

नेपालभ्युज

‘बैंक अफ दि इयर २०२३’को उपाधि प्रभु बैंकलाई 

काठमाडौं । बैंक अफ दि इयर २०२३ को उपाधि प्रभु बैंकले जितेको छ । बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को बैंक अफ दि इयर बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो ।

सन् २००० देखि ‘दि बैंकर’ ले गर्दै आएको ‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी बैंकिङमा सबैभन्दा प्रतिष्ठित अवार्ड हो । ‘बैंक अफ दि इयर’ अवार्डलाई बैंकिङ उत्कृष्टताको मानक अर्थात् बैंकिङ उद्योगको ओस्कार मानिन्छ ।

विश्व अर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहे पनि प्रभु बैंक नयाँ बजार र ग्राहकहरूको व्यवसायको विकास गर्न चुनौतीहरूको सामना गर्दै अधिक नागरिकलाई वित्तीय सेवा पुर्‍याएको, प्रतिस्पर्धी बैंककाबीचमा विकसित व्यावसायिक वातावरण बनाउन र बलियो वित्तीय कार्य सम्पादन गर्ने क्षमताको मूल्यांकन मापदण्डका आधारमा अवार्डबाट सम्मानित भएको हो ।

बेलायतमा भएको समारोहमा प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौला, बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले सम्मान ग्रहण गरेका छन् ।

अवार्ड वितरण समारोहमा १२० भन्दा बढी देशका ३५० भन्दा बढी बैंकका अध्यक्ष, सिइओ, सिएफओ र अन्य वरिष्ठ प्रबन्धकको सहभागिता रहेको थियो । सम्मान प्राप्तिपछि अध्यक्ष सिटौलाले नेपालको बैंकिङ प्रणालीको सफलतामा एउटा इँटा थप्न सफल भएको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved