नेपालमा लगानी भित्र्याउन प्रधानमन्त्री दाहालको आग्रह

नेपालभ्युज

नेपालमा लगानी भित्र्याउन प्रधानमन्त्री दाहालको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरूलाई आग्रह गरेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन अवुधाबी पुगेका प्रधानमन्त्रीले बिहीबार साँझ नेपाल–दुबई व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पूँजी प्रवाह गरी प्रतिफल उठाउन आह्वान गरेका हुन् ।

दुबई उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा अवुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिएका थिए ।

दुबई उद्योग वाणिज्य सङ्घका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेदले नेपाल उद्योग वाणिज्य सङ्घ र दुबई उद्योग वाणिज्य सङ्घबीच सहकार्य एवं सहयोग बढाउन धेरै सम्भावना रहेको बताएका छन् ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र युएईबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिएका थिए । हिजोदेखि कोप–२८ दुबईमा सुरु भइसकेको छ ।

प्रधानमन्त्री दाहालले भोलि शनिवार सम्मेलनलाई सम्बोधन गर्ने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved