हमास र इजरायलबीच बन्धक र बन्दी रिहा गर्ने क्रम जारी, युद्धविराम लम्बिएला ?

नेपालभ्युज

हमास र इजरायलबीच बन्धक र बन्दी रिहा गर्ने क्रम जारी, युद्धविराम लम्बिएला ?
फाइल तस्वीर

काठमाडौं । थप गरिएको युद्ध विरामको समयसिमा सकिनै लाग्दा म्याद थप्ने विषयमा वार्ता भइरहेको छ ।

कतारको मध्यस्तकर्तामा भइरहेको वार्तामा म्याद लम्ब्याउने प्रयास भइरहेको बीबीसीले जनाएको छ । युद्धविरामको छैठौं दिन गएराति हमासले १४ जनालाई रिहा गरेको छ । इजरायलका अनुसार रिहा भएकामध्ये १० जना इजरायली छन् भने ४ जना थाई नागरिक छन् ।

यता, इजरायलबाट भने ३० जना प्यालेस्टाइनी बन्दी रिहा भएका छन् ।

यसअघि कब्जा गरिएको वेस्ट बैंकको जेनिन सहरमा इजरायली सेनाले ८ र १४ वर्षका दुई बालकको गोली हानी हत्या गरेको छ । यसबारे इजरायलले कुनै प्रतिक्रिया दिएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved