चुनाव जितेका उपसचिव शाहीलाई जबरजस्त हटाएपछि एमाले कर्णालीमा तनाव

एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ती जारी गर्दै उपसचिव शाहीको ठाउँमा पद्मा खड्कालाई नियुक्त गरेको जानकारी दिएका हुन् ।

चुनाव जितेका उपसचिव शाहीलाई जबरजस्त हटाएपछि एमाले कर्णालीमा तनाव

सुर्खेत । नेकपा एमाले केन्द्रले अधिवेशनबाट कर्णाली प्रदेश उपसचिव जितेका रमेशकुमार शाहीलाई जबरजस्त हटाएर पद्मा खड्कालाई मनोनित गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ती जारी गर्दै उपसचिव शाहीको ठाउँमा खड्कालाई नियुक्त गरेको जानकारी दिएका हुन् ।

एमालेको केन्द्रीय सचिवालयको गत कात्तिक २२ गतेको बैठकले उक्त निर्णय गरेको भन्दै महासचिव पोखरेलले मंगलबार प्रदेश कमिटीलाई पत्राचार गरेका हुन् ।

गत असोज १० र ११ गते भएको प्रदेश कमिटीको निर्वाचनमा शाही र खड्का अलग–अलग प्यानलबाट चुनाव लडेका थिए । चुनावमा शाही विजयी भएका थिए ।

त्यतिबेला पदाधिकारीमा महिला आरक्षण तोकिएको थिएन। पाँच सदस्यीय पदाधिकारीमा अहिले महिला नभएको भन्दै शाहीलाई हटाएर खड्कालाई नियुक्त गरिएको हो ।

शाहीलाई हटाएपछि एमाले कर्णालीमा तीव्र असन्तुष्टि देखिएको छ। महिला कोटा हुनुपर्ने दाबीसहितको निवेदन परेपछि सचिवालय कमिटीले उक्त निर्णय गरेको जनाइएको छ ।

निर्णय कार्यान्वयन गराउन लेखिएको पत्रमा भनिएको छ, ‘कर्णाली प्रदेश अधिवेशनमा पदाधिकारीमा महिला आरक्षण नगरिएकोमा उपसचिव पदमा महिला कोटा हुनुपर्ने दाबीसहितको निवेदनलाई समेत ध्यानमा राखी विजयी पुरुष उम्मेदवारमध्ये दोस्रो मत ल्याउने रमेशकुमार शाहीका स्थानमा महिला उम्मेदवारमध्ये सबैभन्दा बढी मत ल्याउने पदमा खड्कालाई उपसचिव पदमा बहाल गर्ने । शाहीलाई प्रदेश कमिटीमा मनोनित गर्ने ।’

उपसचिव शाहीले आफू अधिवेशनबाट लोकतान्त्रिक विधि पद्धती अवलम्बन गरेर चुनाव जितेर पदाधिकारीमा आएका बताएका छन् । ‘अधिवेशनमा कार्यकर्ताले दिएको मतबाटै चुनिएका हौं’, उनले भने, ‘विधानविपरीत जसलाई मन लाग्यो, त्यसैलाई जिम्मेवारी दिने भन्ने कुरा हास्यास्पद हो । निर्वाचित कमिटिका पदाधिकारीको यो अधिकार खोस्ने अधिकार केन्द्रका महासचिव मात्रै होइन, कसैको पनि हुँदैन र छैन ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved