एनसेलद्वारा लघु चलचित्र प्रतियोगिताका विजेताहरुलाई सम्मान

नेपालभ्युज

एनसेलद्वारा लघु चलचित्र प्रतियोगिताका विजेताहरुलाई सम्मान

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले तिहार अघि भाइटीकालाई लक्षित गरि आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरुलाई सम्मान गरेको छ ।

मंगलबार एनसेल आइकन लैनचौरमा आयोजित विशेष समारोहमा भाइटीका थिममा आयोजित यस प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको हो ।

प्रतियोगितामा १८ वर्षिय सजिल बस्नेत र उनको समुहले निर्माण गरेको लघु चलचित्र प्रथम बन्दै १ लाख नगद पुरस्कार जित्न सफल भएको छ । सन्तोष शाक्य र उनको समूहले फस्ट रनरअपका रुपमा विजयी बनेर ७५ हजार नगद पुरस्कार जितेको छ भने १६ वर्षिय प्रयत्न थापा र उनको समुहले सेकेन्ड रनरअप बनेर ५० हजार नगद पुरस्कार जित्न सफल भएको छ ।

प्रतियोगितामा सहभागीता जनाएका लघु चलचित्रहरुमा प्रतियोगीहरुले आ–आफ्नै भिन्न शैलीमा कथाहरु पस्किएका थिए । प्रतियोगितामा मनोज भेले र अवेनिस थापालाई स्पेशल मेन्सन पुरस्कार प्रदान गरिएको थियो र प्रकाश नगरी र उनको समुहलाई शीर्ष ५ लघु चलचित्रमा पर्न सफल भएकोमा पुरस्कार प्रदान गरिएको थियो । एनसेल लघु चलचित्र प्रतियोगिताले सिर्जनशील फिल्म निर्माताहरूलाई उनीहरुका काम र प्रतिभालाई आम दर्शक सामु पुर्‍याउने अवसर प्रदान गर्दछ ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “विजयीहरुलाई धेरै धेरै बधाई । दीदी र भाइको विषेश सम्बन्धलाई ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत प्रस्तुत गर्दै यस प्रतियोगितामा सहभागीता जनाउने हरेक व्यक्ति तथा समुहरुहरुलाई धन्यबाद दिन चाहन्छु ।’

उनले भने, ‘यो प्रतियोगितामा विजयी भएका प्रत्येक सहभागीले आफ्नो नयाँ पहिचानका साथ राम्रो काम गर्न सक्नुहुन्छ । स्टोरीेटेलिङ् एउटा महत्वपूर्ण सीप हो र यसले हाम्रा समाजका सामाजिक, वातावरणीय र सांस्कृतिक मुद्दाहरूलाई उजागर गर्दै मानिसको मन र विचार बदल्न सक्दछ ।”

यसैगरी, एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, “एक ब्रान्डको रूपमा स्थानीय प्रतिभाहरूलाई समर्थन गर्नु हाम्रो जिम्मेवारी हो । यसै अन्तर्गत हामी एक सानो भूमिका खेलिरहेका छौं तर भविष्यका लागि स्थानीय उदीयमान सर्जकहरूलाई अझ ठूलो र राम्रो गर्न सक्षम बनाउन प्लेटफर्म प्रदान गर्न पाउँदा खुसी छौं ।”

स्थानिय कन्टेन्ट अर्थात सामाग्री र प्रतिभाको विकासमा सहयोग पुर्‍याउने  हेतुले आयोजना गरिएको यो प्रतियोगिता आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकको मन जित्ने खालको चलचित्र बनाउन सक्ने सबै ईच्छुक व्यक्ति वा समुहलाई लक्षित रहेको थियो ।

प्रतियोगिताका निर्णायक मण्डलका सदस्यहरु निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह र मल्टिमिडिया स्टोरीटेलर तथा द रेकर्ड नेपालकी सहाना बज्राचार्य पनि पुरस्कार वितरण समारोहमा उपस्थित थिए । विजयीहरुको घोषणा भाइटीकाको दिन गरिएको थियो र उत्कृष्ट लघु चलचित्रहरु सोही दिन एनसेलको सोसल मिडिया प्लेटफर्ममार्फत सार्वजनिक गरिएको थियो । आफ्नो उत्साह व्यक्त गर्दै निर्णायक मण्डलका सदस्यहरुले यस प्रतियोगितामा देखिएको उल्लेखनीय सहभागिताले हाम्रो देशमा थुप्रै प्रतिभाहरु रहेको स्पष्ट पारेको बताए ।

प्रतियोगितामा सहभागी हुन प्रतियोगीहरुले दीदीभाइहरूको हृदयस्पर्शी सम्बन्धलाई ३ देखी ५ मिनेटको चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनु पर्ने शर्त रहेको थियो ।

साथै ‘हामी तपाईंकै लागि’ विषयवस्तु वरिपरि कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गनुपर्ने शर्तहरु तोकिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved