निमावि तह लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, कुन प्रदेशमा कति उत्तीर्ण ?

नेपालभ्युज

निमावि तह लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, कुन प्रदेशमा कति उत्तीर्ण ?

काठमाडौँ । शिक्षक सेवा आयोगले कात्तिक १८ गते लिइएको निमावि तह लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

देशभरबाट १ लाख ५१ हजार १२ परीक्षार्थीले परीक्षा दिएकोमा १३ हजार ७ जनाले परीक्षा उत्तीर्ण गरेको आयोगले जनाएको छ ।

आयोगका अनुसार  कोशी प्रदेशबाट २४ हजार ३९ परीक्षा सहभागीमध्ये  २ हजार १३० जना उत्तीर्ण भएका छन् । त्यस्तै मधेस प्रदेशबाट २२ हजार ८५५ परीक्षार्थीले परीक्षा दिएकोमा १ हजार ६१४ जना उत्तीर्ण भएका छन् ।

बागमती प्रदेशबाट १७ हजार ६५१ जनाले परीक्षा दिएकोमा २ हजार २ जना पास भएका छन् । गण्डकी प्रदेशमा ११ हजार ८९७ जनाले परीक्षा दिएकोमा १ हजार १५२ जना उत्तीर्ण भएका छन् ।

लुम्बिनी प्रदेशमा २९ हजार २३० जनाले परीक्षा दिएकोमा २ हजार ८६३ जना उत्तीर्ण भएका छन् । कर्णाली प्रदेशबाट २४ हजार १५४ जनाले परीक्षा दिएकोमा १ हजार ५७४ जना उत्तीर्ण भएका छन् भने सुदूरपश्चिम प्रदेशमा २१ हजार १८६ जनाले परीक्षा दिएका थिए । जसमा १ हजार ६७२ जना उत्तीर्ण भएका छन् ।

तोकेको परीक्षा केन्द्र बाहेक अन्य परीक्षा केन्द्रबाट परीक्षा दिएका, परीक्षा केन्द्रबाट कैफियत जनाई रद्द गर्ने भनी उल्लेख गरी आएका र परीक्षाको मर्यादा विपरीत कार्य गर्ने उम्मेदवारहरूको परीक्षा रद्द गरिएको आयोगले जनाएको छ ।

परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको अध्यापन अनुमतिपत्र वितरण कार्य परीक्षामा सहभागी भएकै जिल्लाको शिक्षा विकास समन्वय इकाइबाट हुने आयोगले जनाएको छ ।

सार्वजनिक गरिएको नतिजा आयोगको वेबसाइटसँगै एसएमएसबाट समेत हेर्न सकिने आयोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved