पाउण्डको मूल्यले बनायो रेकर्ड, हालसम्मकै उच्च 

नेपालभ्युज

पाउण्डको मूल्यले बनायो रेकर्ड, हालसम्मकै उच्च 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

आज बेलायती पाउण्ड हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा र बिक्री दर १६८ रुपैयाँ ५३ पैसा पुगेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ६२ पैसा र बिक्री दर १४६ रुपैयाँ २८ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ । हिजोको तुलनामा डलरको भाउ स्थिर रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा र क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६० पैसा र बिक्री दर ९८ रुपैयाँ ०४ पैसा रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved