ताप्लेजुङमा योगेश भट्टराईलाई पहिचानवादीले देखाए कालो भण्डा, स्थिति तनावपूर्ण

नेपालभ्युज

ताप्लेजुङमा योगेश भट्टराईलाई पहिचानवादीले देखाए कालो भण्डा, स्थिति तनावपूर्ण

काठमाडौं । ताप्लेजुङमा नेकपा एमालेका सचिव एवम् सांसद योगेश भट्टराईलाई पहिचान पक्षधरहरुले कालो भण्डा देखाएका छन् । पहिचान पक्षधरले कालो भण्डा देखाएपछि स्थिति तनावपूर्ण भएको छ ।

एमालेले कोशी प्रदेश नामाकरणमा हस्ताक्षर गरेको भन्दै पहिचान पक्षहरुले विरोध गरेका हुन् । पहिचान पक्षधरले प्रदर्शन गरेपटि युवा संघका कार्यकर्ताले प्रतिकार गरेका हुन् । त्यसपछि दुई समूहबीच घम्साघम्सी भएको हो ।

गत जेठ २६ गते प्रतिनिधिसभामा बोल्ने क्रममा सांसद भट्टराईले पहिचानविरोधी अभिव्यक्ति दिएको पहिचान पक्षधरहरुको आरोप छ। उनीहरुले त्यस्तो अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved