चार महिनामा काठमाडौं महानगरको राजस्व संकलन २ अर्ब ९२ करोड 

नेपालभ्युज

चार महिनामा काठमाडौं महानगरको राजस्व संकलन २ अर्ब ९२ करोड 

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाले २ अर्ब ९२ करोड ९६ लाख ९ हजार ७२९ रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको २७.११ प्रतिशत हो ।

काठमाडौं महानगरपालिकाले १० अर्ब ८० करोड ७८ लाख २० हजार वार्षिक राजस्व संकलनको लक्ष्य राखेको छ ।

गत वर्ष सोही अवधिमा २६.४९ प्रतिशत राजस्व उठेको थियो । त्यो वर्ष १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ लक्ष्य राखेकोमा २ अर्ब ७५ करोड ९८ लाख ६४ हजार ५६५ रुपैयाँ संकलन भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved