आइतबार ६ सयले बढ्यो सुनको मूल्य

नेपालभ्युज

आइतबार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सयले बढेर तोलामा १ लाख १६ हजार ९ सय रुपैयाँमा पुगेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ६ सय रुपैयाँले नै बढेर १ लाख १६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर आज १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved