हमास–इजरायल द्वन्द्व : प्यालेस्टिनी बेरोजगारी दर ७० प्रतिशत पुग्यो

नेपालभ्युज

हमास–इजरायल द्वन्द्व : प्यालेस्टिनी बेरोजगारी दर ७० प्रतिशत पुग्यो

गाजा । हमास–इजरायलबीचको रक्तपातपूर्ण द्वन्द्वका कारण प्यालेस्टिनीमा बेरोजगारी दर ह्वातै बढेर ७० प्रतिशत पुगेको प्यालेस्टिनी श्रममन्त्रीले बिहीबार बताएका छन् ।

नसरी अबु जैशले एक प्रेस विज्ञप्ति जारी गरी भने, “हामीले दशौं हजार भवन र आवासीय एकाइहरूमा लगातार हिंस्रक बम विष्फोटको परिणाम स्वरूप हजारौं कार्यबल र रोजगारदाताहरू गुमायौँ ।”

“हाल ३६ लाखभन्दा बढी प्यालेस्टिनी कामदारहरू बेरोजगार भएका छन्, जसमध्ये ठूलो हिस्सा घरबारविहीन छन्,”जैशले भने ।

उनले भने, “यसबाहेक, इजरायलले गाजाबाट चार हजार कामदारहरूलाई गिरफ्तार ग¥यो, हजारौँ कामदारहरूलाई बर्खास्त गर्‍यो, र धेरैलाई थुनामा र अनुसन्धानको अधीनमा परेपछि अन्य धेरैलाई वेस्ट बैंकमा निष्कासित गरेको थियो ।”

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको एक्कासी आक्रमणको बदलास्वरूप इजरायलले तत्काल गाजामा व्यापक हवाई तथा स्थल आक्रमण सुरु गरेको छ । इजरायलले प्यालेस्टिनी तटीय क्षेत्रमा कडा नाकाबन्दी लगाएको छ भने गाजामा बिजुली, पानी र खाद्यान्नको आपूर्ति बन्द गरेको छ । सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved