दुर्गा प्रसाईंलाई घरबाटै निस्कन नदिने प्रहरीको योजना, राजधानीमा सुरक्षा व्यवस्था कडा

मेडिकल व्यावसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज पनि काठमाडौंमा प्रदर्शन गरिने भएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा गरेको छ ।

नेपालभ्युज

दुर्गा प्रसाईंलाई घरबाटै निस्कन नदिने प्रहरीको योजना, राजधानीमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । मेडिकल व्यावसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज पनि काठमाडौंमा प्रदर्शन गरिने भएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा गरेको छ ।

बिहीबार बल्खुमा शक्तिशाली प्रदर्शन गरेको यो समूहले शुक्रबार पनि तीनकुनेमा प्रदर्शन गर्ने कार्यक्रम राखेपछि प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको हो ।

राजधानीको प्रमुख चोकहरुमा बाक्लो प्रहरी परिचालन गरिएको छ । शक्तिशाली प्रदर्शन हुने संकेत पाएपछि प्रहरीले दुर्गा प्रसाईंलाई घरबाटै निस्कन नदिने योजनासमेत बनाएको उनका एक समर्थकले बताएका छन् । ‘प्रहरीले प्रसाईंको घरलाई निकै निगरानीमा राखेको छ ।’ ती समर्थकले भने, ‘अघोषित नजरबन्द जस्तै गर्ने प्रहरीको योजना रहेको हामीले संकेत पाएका छौं ।’

‘व्यवस्था परिवर्तन नभएसम्मका हाम्रो आन्दोलन जारी रहन्छ, शुक्रबार हामी तीनकुनेलाई केन्द्र बनाएर आन्दोलन गर्नेछौ’ प्रसाईंले भनेका छन् । । उनका अनुसार सो आन्दोलन काठमाडौं उपत्यकाबाहिर केन्द्रित मात्र नभई ७७ जिल्लामा नै क्रमशः विस्तार हुनेछ ।

हिजो बल्खुमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा प्रसाईंका समर्थकहरु घाइतेसमेत भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved