एमाले बैठक : झुलाघाट–चुवाभञ्ज्याङ अभियानको कार्ययोजना पारित, अध्यक्ष ओलीले उद्घाटन गर्ने

सरकार नै व्यवस्थाको बर्खिलापमा हिँडेको आरोप

नेपालभ्युज

एमाले बैठक : झुलाघाट–चुवाभञ्ज्याङ अभियानको कार्ययोजना पारित, अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ अभियानको कार्ययोजना पारित गरेको छ ।

बुधबार पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले मंसिर १४ गतेदेखि मध्यपहाडी लोकमार्गमा सुरु हुने झुलाघाट–चिवाभञ्ज्याङ अभियानको कार्ययोजना पारित गरेको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अभियानको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर उद्घाटन गर्नेछन् । अभियानको समापन भने पाँचथरको चिवाभञ्ज्याङमा हुनेछ ।

एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई कमजोर बनाउन सरकारकै संलग्नता भएको आशंकासमेत व्यक्त गरेको छ ।

केन्द्रीय कमिटीको बैठकले तीन बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सत्ता गठबन्धनको स्वार्थका लागि राज्यका निकायहरूमा हस्तक्षेप गर्ने, तिनलाई कमजोर बनाउने र राज्यका निकायको विश्वसनीयता समाप्त पार्ने काम सरकारबाटै भइरहेको एमालेको आरोप छ ।

त्यस्तै एमालेले पश्चिम नेपालका भूकम्पपीडित नागरिकको जीवन रक्षाका लागि सरकारसँग माग गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved