डिशहोम मेगास्टार घोषणा हुँदै, विजेताले दश लाख रुपैयाँ पाउने

नेपालभ्युज

डिशहोम मेगास्टार घोषणा हुँदै, विजेताले दश लाख रुपैयाँ पाउने

काठमाडौं । “डिशहोम सुपरस्टार–हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको घोषणा हुँदैछ । लक्की ड्रमार्फत २०८० मंसिर ११ गते सोमबार डिशहोम मेगास्टारको छनोट हुनेछ ।

असोज १, २०८० देखि मंसिर ११, २०८० दिउँसो १२ वजेसम्म डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरु यो योजनामा सहभागी हुन सक्नेछन् । यस अभियानका बम्पर विजयी ग्राहक सिजनकै मेगास्टार बनी नगद रु दश लाख, मिडियामा फेमश र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव गर्ने मौका पाउनेछन् ।

यसअघि हरेक हप्ता सुपरस्टार बनी नगद रु एक लाख जित्ने डिशहोमका ९ भाग्यशाली ग्राहकहरुको घोषणा गरिसकिएको छ । अब यो योजनाको अन्तिममा मेगास्टार वनि नगद रु दश लाख जित्ने मौका आएको छ । मंसिर ११ गतेसम्म डिटिएच रिचार्ज तथा नयाँ कनेक्सन जडान गरि यो योजनामा सहभागी हुन सकिनेछ ।

डिशहोम मेगास्टारको लक्की ड्र छनोटको प्रत्यक्ष प्रसारण ईमेज च्यानल, डिशहोम शोकेश, रमाइलो टिभी, सरोकार टिभी, र डिशहोमको आधिकारिक फेसबुक पेजमा साँझ पाँच बजे गरिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved