तीन सयले बढ्यो सुनको मूल्य, चाँदीको भने स्थिर 

नेपालभ्युज

तीन सयले बढ्यो सुनको मूल्य, चाँदीको भने स्थिर 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । हिजो छापावाल सुन प्रतितोला एक लाख १६ हजार २ सयमा कारोबार भएको थियो ।
बुधबार तोलामा तीन सयले बढेको छापावाल सुन १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved