विश्वकप फुटबल छनोट : नेपाल यमनसँग पराजित

नेपालभ्युज

विश्वकप फुटबल छनोट : नेपाल यमनसँग पराजित

काठमाडौं। विश्वकप २०२६ फुटबल दोस्रो चरणको छनोटमा नेपाल यमनसँग पराजित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपाल यमनसँग २-० गोलअन्तरले पराजित भएको हो।

पहिलो हाफमा गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा भने नेपाल समहालिन सकेन। नेपालले गोल गर्ने विभिन्न अवसर गुमायो ।

यमनको लागि अबदुल्लाह अल दही र ओमार अब्दुल्लाह अल दाहीले गोल गरे। उनले खेलको ७२ औँ मिनेटमा गोल गर्दै यमनलाई अग्रता दिलाए। खेलको ९० औँ मिनेटमा ओमारले यमनको लागि दोस्रो गोल गरे।

दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएईसँग ४-० ले पराजित भएको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved