जाजरकोट भूकम्पपीडितलाई भारत सरकारको राहत सामग्री

नेपालभ्युज

जाजरकोट भूकम्पपीडितलाई भारत सरकारको राहत सामग्री

काठमाडौं । भारत सरकारले जाजरकोट भूकम्पपीडितलाई अत्यावश्यक चिकित्सा सामग्री सहितको चौथो चरणको भूकम्प राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको जनाएको छ ।

नेपालका लागि भारतीय राजदूतावासका अनुसार नेपाल चिकित्सक संघको माग अनुरुप भारतले यी राहत सामग्री उपलब्ध गराएको हो । ‘यी राहत सामग्रीमा अत्यावश्यक औषधि र उपकरण समावेश छन्’ दूतावासले भनेको छ, ‘जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको छ ।’

छिमेक पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको दूतावासले जनाएको छ । दूतावासले नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिने पनि जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved