विश्वकप फुटबल छनोट : यमनविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

नेपालभ्युज

विश्वकप फुटबल छनोट : यमनविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं। फिफा विश्वकप–२०२६ फुटबल छनोटको दोस्रो चरणमा यमनविरुद्ध खेल्ने अन्तिम नेपाली टोलीको घोषणा भएको छ।

अखिल नेपाल फुटबल संघ एन्फाले २३ सदस्यीय टोली घोषणा गरेको हो। चोट लागेर यूएईको खेल गुमाएका अनन्त तामाङ र दिनेश हेन्जन पनि टोलीमा अटाएका छन्।

यस्तै, यूएईविरुद्धको खेलमा घाइते भएका लकेन लिम्बु र निशान हमाल भने टोलीमा छैनन्।

नेपाल र यमनबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज बेलुका ७ बजे सुरु हुनेछ ।

नेपालको अन्तिम टोली

गोलकिपर : अभिषेक बराल, किरण कुमार लिम्बु, दीप कार्की

डिफेन्डर : अमृत श्रेष्ठ, अन्जन राई, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, रोहित चन्द

मिडफिल्डर : एरिक विष्ट, उत्सव राई, सेसेह्याङ आङदेम्बे, दिनेश हेन्जन, कृतिश रत्न छुन्जु

फर्वाड : योगेश गुरुङ, जिलेस्पी जंग कार्की, आशिष चौधरी, राजेश परियार, सन्जीब विष्ट अन्जन विष्ट, हिसुब थपलिया, आयुष घलान, मनिश डाँङ्गी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved