छठको पूर्वसन्ध्यामा यसरी सिँगारिए काठमाडौंका घाट (तस्वीरहरु)

यो पर्व काठमाडौं उपत्यकाको गौरीघाट, गुहेश्वरी, गहना पोखरी, कमलपोखरी, कालमोचनघाट लगायतका प्रमुख स्थानमा समेत भव्यताका साथ मनाउने गरिन्छ।

छठको पूर्वसन्ध्यामा यसरी सिँगारिए काठमाडौंका घाट (तस्वीरहरु)

काठमाडौं । छठ नजिकिदै गर्दा काठमाडौंमा छठ पूजाका लागि घाटहरु धमाधम निर्माणको अन्तिम चरणमा छन् ।

विशेषतः मिथिलाञ्चल क्षेत्रमा बढी मनाइने यो पर्व काठमाडौं उपत्यकाको गौरीघाट, गुहेश्वरी, गहना पोखरी, कमलपोखरी, कालमोचनघाट लगायतका प्रमुख स्थानमा समेत भव्यताका साथ मनाउने गरिन्छ।

छठ पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीमा निराहार व्रत बसी साँझपख पवित्र जलाशायमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिने गरिन्छ । यसैगरी सप्तमीको दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन गरिने परम्परा रहिआएको छ ।

अहिले छठको अन्तिम तयारी सकिदै गर्दा गौरिघाट देखि गुह्येश्वरी सम्मको क्षेत्रलाई बेहुली झैं सिँगारिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved