सरकारलाई निर्माण व्यवसायीको प्रश्न– भुक्तानी दिन्छौं भनेर कहिलेसम्म झुक्याइरहने ?

नेपालभ्युज

सरकारलाई निर्माण व्यवसायीको प्रश्न– भुक्तानी दिन्छौं भनेर कहिलेसम्म झुक्याइरहने ?

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आफूहरूलाई सरकारले पटक पटक भुक्तानी दिने भन्दै झुक्याएको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष सिंहले सरकारले निर्माण व्यवसायीहरूको भुक्तानी रकम पटक पटक दिने भने पनि अहिलेसम्म नदिएर झुलाइरहेको बताएका हुन् ।

उनले सरकारले आफूहरूको माग सम्बोधन गर्ने भने पनि हालसम्म कार्यान्वयन नगरेको बताए । ‘निर्माण व्यवसायीको भुक्तानी दिने, म्याद थप गर्ने, बजेट थप्ने लगायतका कामहरूलाई कार्यान्वयन गर्न सकेको छैन,’ उनले भने ‘सरकारले हाम्रो मागहरू सम्बोधन गर्छ रे भन्ने कुरा पनि हामी तपाईहरूकै मिडियाबाट थाहा पाउँछौं, तर कार्यान्वयनमा आउँदैन ।’

पत्रकार सम्मेलनमा अध्यक्ष सिंहले मंसिर ५ गतेदेखि ९ गतेसम्म इन्टनेशनल फेडेरेसन अफ एसियन एन्ड वेष्टन प्यासिफिक कनट्र्याक्ट एसोसिएसन (इफाप्का) को ४६औँ अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुन गइरहेको समेत जानकारी गराएका छन् ।

यस सम्मेलनमार्फत १८ वटा देशका केही व्यवसायीहरूलाई नेपाल ल्याइने र नेपालको पूर्वाधारहरूमा भएको लगानीको प्रचुर सम्भावना बारेमा जानकारी दिइने अध्यक्ष सिंह बताउँछन् ।

सम्मेलनको मूल उद्देश्य विश्वव्यापी रूपमा भइरहेको वातावरणीय परिवर्तनको विषयमा छलफल गर्नु रहेको उनको भनाइ छ । यसबाट नेपालमा १० लाखभन्दा बढी विदेशी रकम नेपाल भित्रिन सक्ने महासंघको अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved