गाजाको अस्पतालमा प्रवेश गर्‍यो इजरायली सेना, अस्पतालमा पानी र अक्सिजन समेत छैन

नेपालभ्युज

गाजाको अस्पतालमा प्रवेश गर्‍यो इजरायली सेना, अस्पतालमा पानी र अक्सिजन समेत छैन

काठमाडौं । इजरायली सेनाले केही साताअघि गाजा क्षेत्रको अस्पतालमा आक्रमण गरेर ध्वस्त गरेको थियो । विश्वभरबाट इजरायलको भर्त्सना भएको थियो ।

फेरि इजरायली सेना गाजाको ठुलोमध्येको एक अल सिफा अस्पतालमा प्रवेश गरेको छ ।

इजरायली सेनाले अस्पताल प्रवेश गरेर त्यहाँको सबै तला र कोठाहरूमा सर्च गरेको छ । इजरायली सेनाले यो अस्पतालमा हमासले आफ्नो हतियारहरू लुकाएको जिकिर गरेको छ । अस्पतालमुनिको सुरुङबाट हमासले आफ्नो कमान्ड सञ्चालन गरेको पनि इजरायली सेनाको दाबी छ ।

हमासले भने यो दाबी अस्वीकार गर्दै अस्पताल कब्जामा लिनु युद्ध अपराध भएको बताएको छ । उक्त अस्पतालमा सयौँ सर्वसाधारण, बिरामी र स्वास्थ्यकर्मी रहेका छन् ।

बीबीसीका अनुसार इजरायली सेनाले अस्पतालको प्रत्येक कोठामा छापा मारेको छ । तर त्यहाँ गोली चलाएको छैन ।

अल सिफा अस्पतालका एक चिकित्सकका अनुसार अस्पतालमा बिजुली, पानी र अक्सिजन छैन । यही कारण ६ जना नवजात शिशुको मृत्यु भएको अस्पतालका चिकित्सक डा. अहमद मोखाल्लालत्तीले  बीबीसीसँग बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved