पाकिस्तानबाट ५ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किए

नेपालभ्युज

पाकिस्तानबाट ५ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किए

काठमाडौँ । सोमबार ५ हजार भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन् । अफगानिस्तानको शरणार्थी र स्वदेश फिर्ता मामिला मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार तोर्खाम र स्पिन बोल्दाक नाका हुँदै ५ हजार ६ सय ४० शरणार्थी स्वदेश फर्किएका हुन् ।

त्यस्तै, सोमबार ३ हजारभन्दा बढी अफगान शरणार्थी इरानबाट फर्किएको पनि मन्त्रालयले जनाएको छ । तथ्याङ्क अनुसार २५ लाख अफगान शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् भने उस्तै सङ्माख्या इरानमा रहेको बताइएको छ ।

विगत दुई महिनामा ४ लाख भन्दा बढी अफगान शरणार्थीहरू मातृभूमि फर्किएका छन् । अफगानिस्तानको कामचलाउ प्रशासनले हिउँद याममा फर्किएकाहरूलाई अस्थायी आश्रय सहित आवश्यक सुविधा उपलब्ध गराउने जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved