जापानमा क्रेडिट कार्ड भुक्तानीमा राष्ट्रव्यापी अवरोध

नेपालभ्युज

जापानमा क्रेडिट कार्ड भुक्तानीमा राष्ट्रव्यापी अवरोध

एजेन्सी । शनिबार जापानभर सुपरमार्केट, सुविधा स्टोर र यातायात केन्द्रहरूमा क्रेडिट कार्ड भुक्तानीमा समस्याहरू देखिएको छ ।

शनिबार साँझदेखि देशभरका ग्राहकहरूले लोकप्रिय रिटेल आउटलेटहरू, जेआर स्टेशनहरू र अन्य स्थानहरूमा क्रेडिट कार्ड लेनदेनहरू पूरा गर्न कठिनाइहरू अनुभव गरेको क्रेडिट कार्ड कम्पनीहरूले उल्लेख गरेका छन्।

कम्पनीहरुका अनुसार देशको क्रेडिट कार्ड भुक्तान प्रणाली व्यवस्थापन गर्न जिम्मेवार सेवा कम्पनी जापान कार्ड नेटवर्कले सञ्चालित प्रणालीमा खराबीका कारण समस्या आएको हो । यसबाट विभिन्न कम्पनीहरूलाई कारोबारमा समस्या पैदा भएको छ । सिन्ह्रा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved