बिचौलियाका कारण एमडिएमएस लागू गर्न समय लाग्यो: अध्यक्ष खनाल

नेपालभ्युज

बिचौलियाका कारण एमडिएमएस लागू गर्न समय लाग्यो: अध्यक्ष खनाल

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बिचौलियाहरूको कारण मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमए) लागू हुन समय लागेको बताएका छन् ।

प्राधिकरणले गत वर्ष नै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमए) लागू गर्ने भने पनि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा रोकिएको थियो । तर उक्त प्रणाली प्राधिकरणले सोमवारदेखि लागू गरेको छ ।

प्राधिकरणका अध्यक्ष खनालले मोबाइल कारोबार गर्ने बिचौलियाहरूको कारण प्रणाली लागू गर्न समस्या आएको बताएका हुन् । उनले प्राधिकरणले मोबाइलका प्रयोगकर्ताहरूलाई सुरक्षित मोबाइल प्रयोग गर्न सक्ने र हराएको बेला तत्काल बन्द गर्न सक्ने प्रणाली लागू गरेको बताए ।

उनले ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन (जिएसएम)ले मोबाइल सेवाको प्रणाली एवं प्रविधिमा बनाएका मोबाइललाई उसको डाटाबेसमा राख्ने तर टोल वा एसएमआई गरेका मोबाइलहरूको रेकर्ड त्यसमा नराख्ने बताए ।

अध्यक्ष खनालले  गुणस्तरीय मोबाइलहरूको प्रयोग उपभोक्ताहरूलाई ग्यारेन्टी गर्नको लागि प्रणाली ल्याएको दाबी गरे । उनले एमडिएमए प्रणालीले अहिले मोबाइल कारोबारमा भइरहेको कालोबजारीलाई पनि नियन्त्रण गरी राजश्व प्रशासनलाई सहयोग गर्ने विश्वास लिएको बताएका छन् ।

प्राधिकरणको पाटो सुरक्षित रूपमा डाटा प्रयोग गर्ने र डाटाबेसबाट ल्याउने मात्रै भए पनि अर्थ मन्त्रालय र भन्सार प्रशासन पनि यसमा जोडिने उनको भनाई छ । उनले नेपालमा वार्षिक रूपमा २० देखिएको २५ अर्बको मोबाइलहरू आयात हुने गरेकोमा १० प्रतिशत अर्थात् ३ अर्ब भन्दा बढी कालोबजारीहरू हुने गरेको बताए ।

उनले ३ अर्ब रुपैयाँ कमाउने बिचौलियाहरूले २५ करोड खर्च गरेर गलत सूचना दिनेहरूको कारणले एक वर्ष प्रणाली लागू हुन नसकेको बताउनु बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved