१५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन उडे नेपाल

नेपालभ्युज

१५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन उडे नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीन प्रस्थान गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनाबाट प्राप्त उपलब्धि साझेदारीसम्बन्धी कार्यक्रममा सहभागिता जनाउनेछ ।

भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँग नेपाल र चीन तथा दुई पार्टीबीचको सम्बन्धका बारेमा छलफल हुने अध्यक्ष नेपालले जानकारी दिए । नेपाली प्रतिनिधिमण्डल यही कात्तिक २८ गते स्वदेश फर्कनेछ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved