आईफोन १५ सिरिजका २५ सयवटा सेटमा दूरसञ्चार सेवा बन्द हुँदै, एमडीएमएस प्रणाली सुरु

नेपालभ्युज

आईफोन १५ सिरिजका २५ सयवटा सेटमा दूरसञ्चार सेवा बन्द हुँदै, एमडीएमएस प्रणाली सुरु

काठमाडौं। एमडीएमएस प्रणालीमा दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा बन्द आजदेखि बन्द हुने भएको छ ।

अहिलेसम्म एमडीएमएसमा दर्ता नगरि चलाएका आईफोन १५ सिरिजका झन्डै २५ सय सेटमा आजदेखि दूरसञ्चार सेवा बन्द गर्ने प्राधिकरणले जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन लागेकोले यस्तो हुने भएको हो ।

आज राति ९ बजेदेखि केही महँगा मोबाइलमा सेवा बन्द गरेर यसको कार्यान्वयन थाल्ने प्राधिकरणको तयारी छ ।

एमडीएमएसमा दर्ता नभएका मोबाइलमा टेलिफोन र भ्वाइस सेवा तथा मोबाइल डेटा र इन्टरनेट सेवा प्राधिकरणले रोकिदिन सक्छ ।

एमडीएमएसमा दर्ता नभएकामध्ये सुरुमा महँगा फोन नचल्ने बनाउने र बिस्तारै अन्य मोबाइललाई नचल्ने बनाइने प्राधिकरणले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved